१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

लुम्बिनी प्रदेश: हिउँदे अधिवेशन भदौ १ गतेका लागी आव्हान

दाङ । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ। भदौ १ गते दिउँसो १ बजेका लागि ९ औं अधिवेशन आह्वान गरिएको हो।

प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारमात्रै प्रदेशसभा विशेष अधिवेशन अन्त्य गरेका थिए। प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनामा प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको उल्लेख छ। यही बीचमा साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत लिने सम्भावना रहेको नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा सदस्य इन्द्रजीत चौधरीले बताए।

‘भदौ १ गते वा २ गतेसम्म विश्वासको मत लिने भन्ने तयारी भइरहेको छ,’ चौधरीले भने। मुख्यमन्त्री केसीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?