१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

अर्घाखाँचीमा पछिल्लाे २४ घण्टामा १० जनामा काेराेना पुष्टि

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सन्धिखर्क नगरपालिकामा ८ जना र मालारानी गाउँपालिकामा २ जना गरि १० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै हाल सम्म संक्रमित हुनेको संख्या ३ हजार ९ सय ३९ पुगेको छ ।

यस्तै  एकै दिन ६८ जना कोरोना मुक्त भएका छन । सन्धिखर्क नगरपालिकामा ५० जना,भुमिकास्थान नगरपालिकामा ३ जना,  मालारानी गाउँपालिकामा ३ जना, पाणिनी गाउँपालिकामा ८ जना र छत्रदेव गाउँपालिकामा ४ जना गरि ६८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन । याे संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६सय १० रहेको छ । हाल सम्म जिल्लाभर कोरोना मुक्त हुनेको संख्या ३ हजार २सय५० पुगेको छ भने कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ७९ रहेको छ ।

याे पनि

अर्घाखाँचीमा १० दिनको लागि निषेधाज्ञा थप

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?