१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

अर्घाखाँचीमा एकै दिन ४४ जना कोरोना मुक्त, ११ जनामा संक्रमण पुष्टि

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोना  संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन ।

सन्धिखर्क नगरपालिकामा ३० जना, भुमिकास्थान नगरपालिकामा १ जना,शितगंगा नगरपालिकामा ५ जना ,मालारानी गाउँपालिकामा ७ र छत्रदेव गाउँपालिकामा १ जना गरि ४४ जना कोरोना  मुक्त भएका हुन ।योसँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ३२ सय ९४ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सन्धिखर्क नगरपालिकामा ४ जना, मालारानी गाउँपालिकामा २ जना, पाणिनी गाउँपालिकामा ३ जन र छत्रदेव गाउँपालिकामा २ जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब संक्रिय कोरोना संक्रमितको संख्या ५ सय ७७ पुगेको छ ।यस्तै हाल सम्म कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेको संख्या ७९ रहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?