१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । आज मंगलबार बिहान ११ बजे बैठक बोलाइएको छ । सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

एमाले विभाजन वा एकताको निर्णायक मोडमा पुगेका बेला बोलाइएको यो बैठकलाई चासोपूर्वक हेरिएको छ । सोमबार राति अध्यक्ष ओलीले एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागेको भन्दै यो क्षम्य नहुने बताएका छन् ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला अध्यक्ष ओलीले विज्ञप्ति जारी गरेका हुन् । साथै उनले एमाले एकताका लागि आह्वानसमेत गरेका छन् ।

आजै एमालेले संसदीय दलको बैठक पनि बस्दैछ । संसद अधिवेशन अन्त्य भए लगत्तै बोलाइएको यो बैठक नियमित भएको संसदीय दलका नेता प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?