१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

कोरोना अपडेट: अर्घाखाँचीमा कुल संक्रमितको संख्या ४ हजार पुग्यो

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीमा कुल कोरोना संक्रमितको संख्या ४ हजार पुगेको छ । बुधवार १३ जनामा संक्रमण पुष्टी भएसंगै कुल संक्रमितको संख्या ४ हजार पुगेको हो ।

चार हजार मध्ये ३ हजार तिन सय ६४ जना कोरोना मुक्त भएका छन् । यस्तै ५ सय ५७ जना सक्रिय संक्रमित छन् भने ७९ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । बुधवार सन्धिखर्क नगरपालिकामा ४ जना, भुमिकास्थान नगरपालिकामा १ जना, मालारानी गाउँपालिकामा २ जना र पाणिनी गाउँपालिकामा ६ जना गरि १३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ३३ जना कोरोना मुक्त भएका छन् ।सन्धिखर्क नगरपालिकामा १३ जना, भुमिकास्थान नगरपालिकामा १ जना, मालारानी गाउँपालिकामा ४ जना, पाणिनी गाउँपालिकामा १५ जना गरि ३३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?