२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

अफगानिस्तानबाट सबै नागरिकको उद्धार भएपछि मात्रै अमेरिकी सेना स्वदेश फर्किने

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै नागरिकको उद्धार नभएसम्म अमेरिकी सैनिक अफगानिस्तानमा नै रहने बताएका छन ।

एक टेलिभिजनमा अन्तर्वार्ताका क्रममा उनले तोकिएको मितिभन्दा अगाडि आफ्ना नागरिकलाई उद्धार गर्न नसके त्योभन्दा पछिसम्म पनि अमेरिकी सेना अफगानिस्तानमा रहने बताएका हुन ।

अमेरिकाले यसअघि अगस्ट ३१ तारिखसम्ममा अमेरिकी सेना फर्काइसक्ने घोषणा गरेको थियो । तर यो अवधिसम्म सबै नागरिकलाई फर्काउन नसके थप समय आफ्ना सेना अफगानिस्तानमा रहने बाइडेनले बताएका हुन ।

अफगानिस्तानमा अहिले पनि १० हजारदेखि १५ हजार अमेरिकी रहेको अनुमान छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?