टी-२० विश्वकप आगामी १७ अक्टोबर देखि १४ नोभेम्बरसम्म युएई र ओमानमा हुँदैछ। सहभागी १६ टिमले दुई चरणमा प्रतिस्पर्धा गर्नेछन्। जसमा आठ टिमले पहिलो चरणमा प्रतिस्पर्धा गर्दा आठ टिम सिधैं सुपर-१२ मा पुगेका छन्। सुपर-१२ मा बाँकी चार टिम पहिलो चरणबाट छनोट हुनेछन्।
पहिलो चरणबाट चार टिम सुपर-१२ पुगेपछि २३ अक्टोबरबाट दोस्रो चरणको खेल हुनेछ। जसमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा इंग्ल्यान्ड र वेस्ट इन्डिज पहिलो दिन भिड्नेछन्। २४ अक्टोबरमा भारत र पाकिस्तानबीच खेल हुनेछ। सुपर-१२ को समूह विभाजनमा भारत र पाकिस्तान एउटै समूहमा छन्। भारत र पाकिस्तानसँगै न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए उपविजेता र समूह बी विजेताले समूह-२ मा प्रतिस्पर्धा गर्नेछन्।
समूह-१ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ए विजेता र समूह बी उपविजेताबीच खेल हुनेछ। प्रतियोगिताका खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधावीको शेख जायेद रंगशाला, शारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछन्। प्रतियोगिताको सेमिफाइनल १० र ११ नोभेम्बरमा हुनेछ भने फाइनल खेल १४ नोभेम्बरमा दुबईमा हुनेछ।
अस्ट्रेलियन टिम
आरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मिचेल मार्स, म्याथ्यु वेड, अस्टन अगर, पाट कमिङ्ग्स, मिचेल स्टार्क, केन रिचार्डसन, एडम जाम्पा, जोश हजलउड, मार्कस स्टोइनिस, मिचेल स्वेसन, जोश इङलिस
वैकल्पिक खेलाडी : डान क्रिस्टियन, नाथान इल्स, ड्यानियल साम्स