अर्घा भगवति विमानस्थलको दोस्रो चरणको निर्माण कार्य शुरु

अर्घा भगवति विमानस्थलको दोस्रो चरणको निर्माण कार्य शुरु

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कमा १० शिखरबार्नीमा निर्माण हुन थालेको अर्घा भगवति विमानस्थलको दोस्रो चरणको निर्माण कार्य शुरु भएको छ ।

८ करोड १० लाखको दोस्रो चरणको निर्माण कार्यको लागि प्रदिप प्रतिभा खनाल ब्रदर्श जेभीले ३ करोड ५६ लाखमा ठेक्का पाएको छ । काम गर्नको लागि नागरिक उड्यन प्राधिकरण संग एक बर्षको सम्झौता भएपनि तोकिएको मिति भन्दा कम आउदो माघ १ गते सम्म सबै काम सम्पन्न गर्ने निर्माण व्यवसायी कविराम खनालले जानकारी दिए ।

स्थानीय बयोबृद्ध देवकीनन्दन भुसालले वैदिक विधिपुर्बक पुजाआजा गरपछि विमानस्थलको दोस्रो चरणको निर्माण कार्यको शुभारम्भ गरिएको हो ।

शुभारम्भ कार्यक्रममा वडा अध्यक्ष लक्ष्मीनारायण चुँदाली, सदस्य ऋषिकेस भुसाल, राजनितिक दलका नेता तथा समाजसेवीहरु नारायण चुँदाली, राजेन्द्र जिसि, हरि मरासिनी, ठाकुर आचार्य, वडा सचिव धर्मराज भुसाल, सामुदायिक बनका अध्यक्ष रामजी मरासिनी, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष कुशल भुसाल, आदर्श , स्थानीय विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धर्मराज भुसाल, शिक्षक खगेश्वर नेपाली, हुमबहादुर बिक, निर्माण व्यवसायी कविराम खनाल, भोजराज भुसाल, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, युवराज थापा लगायतको उपस्थिति रहेको थियो ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (67%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *