२३ भदौ २०८१, आइतवार
२३ भदौ २०८१, आइतवार

हाम्रो बेरुजु कम छ: मालारानी गाउँपालिका

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले पालिकाले विगत केही वर्ष यता धेरै फड्को मारेको बताएका छन् । बाहिर अनर्गल प्रचारबाजी भईरहेको भन्दै आचार्यले बेरुजुका विषयमा नकारात्मक टिप्पणी भईरहेको बताए ।

बेरुजुलाई भ्रष्टाचारको रुपमा नबुझ्न उनले आग्रह गरेका छन् । पछिल्लो समय महालेखा परिक्षणको प्रतिवेदनलाई लिएर गाउँपालिकाको आलोचना भईरहेको छ । तर, पालिका अध्यक्ष आचार्यले त्यसको खण्डन गरेका छन् । सामाजिक संजाल र केही संञ्चार माध्यमहरुमा समेत बेरुजुलाई भष्टाचार भनिएको विषयको उनले खण्डन गरेका हुन् । अर्घाखाँची पोष्टसंग कुराकानी गर्दै पालिका अध्यक्ष आचार्यले बेरुजु भ्रष्टाचार, अनियमितता वा बेथिती नभएर नियमित कामको एउटा स्वरुप भएको बताए । ‘बेरुजु आयो भन्दैमा भ्रष्टाचार भन्ने अर्थ लगाईयो, उनले भने,‘यो सरासर गलत हो, काम गर्ने सिलसिलामा केही प्रक्रियागत त्रुटी त हुन्छन् नै ।’

केहि दिन अँघी भएको लेखा परिक्षणमा मालारानी गाउँपालिकाको १ करोड ३८ लाख १२ हजार रुपैंया बेरुजु देखिएको थियो । पालिकाले जानकारी गराए अनुसार उक्त रकम मध्ये ९४ लाख भन्दा बढी अस्थाई कर्मचारीको तलब समेत बेरुजु आएको छ । नेपाल सरकारले तोकेको मापडण्ड अनुसारनै प्रक्रियागत रुपले कर्मचारी राखिएको र अस्थाई कर्मचारीको तलबलाई बेरुजु देखाईदिदा बेरुजु बढी देखिएको पालिकाले जनाएको छ । गाउँसभा बैठकबाट पारित गरेपछी उक्त बेरुजु हट्ने पनी पालिकाको भनाई छ ।

यो वर्ष मालारानी गाउँपालिकाको बेरुजु प्रतिशत १.४२ रहेको छ । ९७ करोड २२ लाख ७८ हजार रुपैंयाको लेखा परिक्षणमा एक करोड ३८ लाख १२ हजार रुपैंया बेरुजु देखिएको थियो। पालिका अध्यक्ष आचार्यले बेरुजुका प्रकार हुने भएकाले कुन प्रकारको बेरुजु हो भन्ने बुझ्न आग्रह गरेका छन् । यद्दपी पालिकाले शुन्य बेरुजुको नारालाई आत्मसाथ गरेको भन्दै अध्यक्ष आचार्यले आगामी दिनमा व्यवस्थापन अझ चुस्तदुरुस्त बनाईने बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?