१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

बाढी पहिराेका कारण जेठयता १ सय १६ जनाको ज्यान गयाे

काठमाण्डाै । देशका विभिन्न ठाउँमा गएको बाढी, पहिरो र डुबानमा परि गएको जेठ ३० यता १ सय १६ जनाको ज्यान गएको छ ।

ज्यान जानेमा ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढीपहिरोमा परि ४४ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार बाढीपहिरोमा परेका एक हजार २ सय ८९ जनाको विभिन्न ठाउँबाट उद्धार गरेर सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

बाढीको कारण तीन हजार १ सय ८२ घर डुबानमा परेका, ९ सय ७८ घर, १ सय ६४ गोठ, ६६ पुल, आठ विद्यालय र १५ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार ३ सय ३ वटा पशु मरेका छन् ।

यस अवधिमा भएका जम्मा एक हजार ३ सय ४५ विपद्का घटनाबाट एक हजार २६९ परिवारका छ हजार १ सय ११ मानिस विस्थापित भएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?