२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा २३ गतेको लागि संसद अधिवेशन आह्वान

काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधवारको लागि सङ्घीय संसदको बैठक आह्वान गरेकी छन ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसदका दुवै सदनको बैठक आह्वान गरेकी हुन । यसअघि बिहान बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते दिउँसो चार बजे बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश र अमेरिकी सहयोग एमसीसीको प्रस्तावबारे छलफल गर्न अधिवेशन बोलाएको बुझिएको छ ।

संसद अधिवेशन बोलाउनेबारे बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा र सत्ता साझेदार दलका शीर्ष नेताबीच छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?