१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

१९ बर्षमा कांग्रेसकाे वडा सभापित

दैलेख । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पहिलो चरणमा शुक्रवार भएको वडास्तरीय चुनावमा १९ वर्षीया किशोरी स्वस्तिका महत दुल्लु नगरपालिका–३ मा निर्वाचित भइन । सम्भवत: उनी देशकै कान्छी वडा सभापतिको रुपमा चयन भएकी हुन ।

देशकै कान्छी वडा सभापति स्वस्तिका कांग्रेसको १३ औं महाधिवेशनमा निर्वाचित दैलेख जिल्ला उपसभापति भूपेन्द्रजङ्ग महतकी छोरी हुन । दुई वर्ष अघि स्वास्थ्य उपचारको क्रममा दिल्लीमा देहान्त हुनुभएका उपसभापति भूपेन्द्रप्रतिको सद्भावना जनाउँदै कांग्रेसले स्वस्तिकालाई सर्वसम्मतिबाट वडा सभापति बनाएको नेपाल दलित सङ्घका जिल्ला सभापति दीपक विकले बताए ।

वडा अधिवेशनबाट चुनिएका २१ सदस्यीय वडा समिति निर्वाचन गराउन नेपाल शिक्षक सङ्घमा आबद्ध शिक्षक गङ्गाराम खनाल निर्वाचन अधिकृत खटिएका  थिए । वडा भरका कांग्रेसका क्रियाशील सदस्यहरुले निर्विरोध चयन गरेपछि आफूले देशकै कान्छी वडा सभापतिलाई प्रमाणपत्र दिन पाएकोमा खुशी लागेको प्रतिक्रिया दिए ।

उनकी आमा अर्थात पूर्व उपसभापति भूपेन्द्रकी धर्मपत्नी अरुणा महतलाई क्षेत्रीय प्रतिनिधि चयन गरेको निर्वाचन अधिकृत खनालले जानकारी दिए ।

क्षेत्रीय प्रतिनिधिले कांग्रेसको निर्वाचन क्षेत्र स्तर, जिल्ला नेतृत्व र केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महाधिवेशन सदस्यका उम्मेदवारलाई मतदान गर्न र आफैँ उम्मेदवार बन्न पाउँछन् । देशकै कान्छी वडा सभापति स्वस्तिकाले आफ्नो बुबाले राजनीतिमा क्रियाशीलता छँदै अकालमा मृत्युवरण गरेर गर्न नपाएका राजनीतिक सेवा गर्ने अठोट रहेको बताउिछन ।

उनले मिलेसम्म आफू आउँदाे स्थानीय चुनावमा वडाध्यक्षको उम्मेदवार बन्ने इच्छा जनाइन । तर कानुनले मताधिकार १८ वर्षमा पाउने भए पनि पालिकाको निर्वाचनमा उम्मेदवार हुन २१ वर्ष पुगेको हुनुपर्ने उमेर हद तोकिएको छ ।

छोरी वडा सभापति र आमा क्षेत्रीय प्रतिनिधि छानिन जनमत तयार पारिदिएका नेपाली कांग्रेसका पूर्व उपसभापति भूपेन्द्र महत १२ औं महाधिवेशनबाट जिल्ला कोषाध्यक्ष निर्वाचित भएका थिए । उनकाे २०७६ कात्तिक १६ गते निधन भएको थियो ।

नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि अरुणा महत भन्छिन ‘पहिले पनि हामीले भूमिका खेलेकै थियौँ, उहाँको निधनपछि शोकलाई शक्तिमा बदल्न हामी राजनीतिमा आयौंँ।’

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?