दुधको मुल्य बढाउन अर्घाखाँचीका किसानको माग

दुधको मुल्य बढाउन अर्घाखाँचीका किसानको माग

अर्घाखाँची । अर्घाखाँचीका किसानले केहि वर्ष यता दुधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै तत्काल मूल्य बढाउन माग राख्दै सरोकारवाला सँग अन्तक्रिया कार्यक्रम गरेका छन ।

कोरोनाको माहामारी सँगै दाना घासको मुल्य बढ्दै जाने तर दुधको मुल्य नबढ्दा अधिकामश किसानको पेसा नै धरासय बनेको भन्दै अर्घाखाँची बहुउद्देश्यीय कृषि तथा दुग्ध उत्पादन खरिद बिक्री बजारीकरण कृषक समुहले तत्कालको लागि ध्यानाकर्षण गराउने त्यस पछि माग सम्बन्धोन नगरे आन्दोलनका कार्यक्रम समेत घोषणा गर्ने संस्थाका अध्यक्ष रामचन्द्र भुसालले जानकारी दिए ।

कार्यक्रममा संस्थाका सल्लाकार गणेश बन्जाडेले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा उद्योग बाणिज्य संघ अर्घाखाँचीकी महिला सदस्य यमकला बन्जाडे ,सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडा सदस्य लक्ष्मण पराजुली , कृषक जानाका बन्जाडे, विष्णु प्रसाद भुसाल, सागर केसी, सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टाई पशु शाखाका कर्मचारी बुद्वी गौतम लगायतले मन्तव्य राखेका थिए ।

२ वर्ष अघि ५० हजारमा पाइने गाई,भैंसीको मुल्य १ लाख भन्दा माथी पर्न थाल्यो लगानी र नाफाको तुलना गर्न गाह्रो भएको अध्यक्ष भुसालकाे भनाइ छ । अर्काे तर्फ डेरीमा गाईको दुध किसान बाट प्रतिलिटर ४८ देखि ५० खरिद गरि ७० बेच्छन भने भैंसीको दुध ६० देखि ६५ रुपैंयामा खरिद गरि ८० मा डेरीमा बेच्छन ।बिहान ४ बजेदेखि साझँ ७ बजे सम्मको मेहनत खेर जाने गरेको किसानको भनाइ छ । बास्तवमा जताबाट पनि किसान नै पिडित भएकाे किसानहरुकाे निष्कर्ष छ  ।

कार्यक्रम सस्थाका अध्यक्ष रामचन्द्र भुसालको अध्यक्षता संस्थाका कर्मचारी विष्णु प्रसाद पौडेलको स्वागत मन्तब्य र छन्द आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

 

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *