२७ कार्तिक २०८१, मङ्लबार
२७ कार्तिक २०८१, मङ्लबार

१८ वर्षमै क्षेत्रीय प्रतिनिधि अर्घाखाँचीका खाँन

अर्घाखाँची । हरेक दलको राजनैतिक नेतृत्व युवाहरुमा जानुपर्छ भन्ने आवाज जताततै गुन्जायमान भइरहेको सन्दर्भमा नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा अधिकांश युवाहरु नेतृत्व तहमा आइरहेका छन् ।

यसै परिप्रेक्ष्यमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका २ बाट जिल्लामै सबैभन्दा कम उमेरका हलिम खान १८ वर्षको उमेरमा क्षेत्रीय प्रतिनिधिका रुपमा चयन भएका छन् । राजनैतिक यात्रामा आफुले कहिल्यै थकाइ नमान्ने बताउने उनले पार्टीका अग्रजहरुको सहि सल्लाहलाई मानेर अघि बढ्ने पनि बताएका छन् ।

सन्धिखर्क नगरपालिका २ स्थायी घर भएका खाँन विद्यार्थी राजनीतिमा पनि निकै सक्रिय र जुझारु युवा व्यक्तिका रुपमा जिल्लामा परिचित छन् । नेपाल विद्यार्थी संघ सन्धिखर्क नगर सदस्यको जिम्मेवारी समेत सम्हालेका र राजनीति तर्फको विशेष चासो राख्ने भएका कारण निर्विरोध रूपमा आफुले क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी पाएको र उक्त जिम्मेवारीलाई सहि ढंगले निर्वाह गर्ने दावी समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (17%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (33%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?