८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

आज ६ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै । गएराति सिन्धुपाल्चोकको चौतारा, जिरी, नुवाकोट, जाजरकोट लगायत ठाउँमा ठूलो पानी परेको छ । अन्य क्षेत्रमा भने हल्कादेखि मध्य खालको वर्षा भएको मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।

उनका अनुसार आज भने प्रदेश-२ बाहेकका ६ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आज दिउँसाे वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र प्रदेश-१ का केही ठाउँमा पानी पर्ने मौसमविद् सापकोटाले बताए । यस्तै, राति गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा पानी पर्ने छ ।

अहिले देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । उत्तरपश्चिमी बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै मनसुन थप सक्रिय भएको छ । आज पनि बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मौसमविद् निराजन सापकोटाले भोलि दिउँसोदेखि भने मौसममा केही सुधार आउने सम्भावना रहेको बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?