८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

छत्रदेव गाँउपालिका प्रमुख प्रशासिकय अधिकृत पन्तलाइ निजामती सेवा पुरस्कार

भिम बिसी,
अर्घाखाँची । व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज निजामती सेवा दिवस मनाइँदै छ । दिवसका अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने र निजामती सेवा पुरस्कार पाउनेको नाम सार्वजनिक गरेको छ ।

जसमा अर्घाखाँची जिल्लाकाे छत्रदेव गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्तलाइ निजामती सेवा पुरस्कार ३०७८ बाट पुरस्कृत गरिने भएकाे छ । निजामती सेवा दिवस २०७८ का अवसरमा  निजामती सेवा पुरस्कार पाउने देशकाे एक मात्र पालिका छत्रदेव गाँउपालिका परेकाे हाे ।

१० जनाले १ लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार  र ३० जनाले ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार पाउने छन् ।  निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ ।  तर, गएको वर्ष जस्तै यसपालि पनि सरकारले सर्वाेत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेन ।

तपाईको प्रतिक्रिया
  • खुसी (89%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (11%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?