२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

मेक्सिकोको सर्वोच्च अदालतको ऐतिहासिक फैसला : गर्भपतन अपराध नभएको ठहर

मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतन अपराध नभएको ठहर गरेको छ । गर्भपतनबारे ऐतिहासिक फैसला गरी अदालतले गर्भपतन गराएकाहरूलाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक भएको उल्लेख गरेको छ ।

उत्तरी राज्य खोवीलासँग सम्बन्धित फैसलाले गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्ने बीबीसीले जनाएको हाे । सर्वोच्च अदालतका न्यायाधीश लुइ मारिया याग्वीलाले यो कदमलाई महिला अधिकारको लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गरेका छन् ।

सर्वसम्मत गरिएको फैसलामा अदालतले उत्तरी राज्य खोवीलालाई गर्भपतनलाई गैरकानुनी नमान्न आदेश दिएको हो । मेक्सिकोका केही राज्यमा मात्रै गर्भपतनलाई कानुनी मान्यता छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?