१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

नाराबाजीका बावजुद अध्यादेश पेश

काठमाडौँ  । नेकपा एमालेका सांसदहरुको अवरोधका बावजुद गृहमन्त्री बालकृष्ण खाणले संसदमा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गरेका छन् ।

एमालेका सांसदहरुले नारावाजी गर्दै बैठक सञ्चालनमा अवरोध गरिरहँदा गृहमन्त्री खाणले राजनीतिक दल सम्बन्धी ऐनको दोस्रो संशोधन अध्यादेश टेबल गरेका हुन् ।

बुधबार ४ बजे सुरु भएको संसद बैठक एमालेका सांसदहरुको विरोधका कारण दुई पटकसम्म स्थगित गर्नु परेको थियो । दोस्रो पटक सुरु भएको बैठक नेकपा एमाले संसदको रोष्टम घेराउ गरिरहँदा मर्यादापालकहरुले गृहमन्त्री खाणलाई रोष्ट्रममा पुर्‍याएका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?