२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

नेपालले पपुवा न्युगिनीलाई दियाे २ सय ३४ रनकाे लक्ष्य, राेहित पाैडेलले बनाए ८६ रन

पुपुवा न्युगिनी (पीएनजी) सँगकाे दाेस्राे मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा नेपाली पुरुष टाेलीले दुई सय ३४ रनकाे लक्ष्य दिएकाे छ । अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै दुई सय ३३ रन बनाएकाे हाे ।

नेपालका लागि राेहित पाैडेलले अर्धशतकीय पारी खेले । एक सय २३ बल खेलेका राेहितले ८६ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा करण केसीले २६ बलमा ४२ रनकाे याेगदान गरे ।

बलिङतर्फ पीएनजीका चाद साेपरले तीन विकेट लिए । त्यस्तै नाेरमन भानुआ र कबुआ माेरेले दुई/दुई विकेट लिए ।

यसअघि पहिलाे मैत्रीपूर्ण खेलमा नेपाल दुई विकेटले विजयी भएकाे थियाे ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?