२७ कार्तिक २०८१, मङ्लबार
२७ कार्तिक २०८१, मङ्लबार

बल्कोट प्राथमिक केन्द्रलाइ १४ लाख बराबरको स्वास्थ सामाग्री प्रदान

अर्घाखाँची । एसिया नेपाल लाजिमपाट काठमाडौँ द्धारा बल्कोट प्राथमिक केन्द्र लाइ शुक्रबार एक कार्यक्रमका बिच १४ लाख बराबरको स्वास्थ सामाग्री प्रदान गरिएको छ ।

कोरोना महामारीको तेस्रो लहर चल्न सक्ने भन्दै संभावित तेस्रो लहरको जोखिमलाई कम गर्ने उदेश्यले स्वास्थ सामाग्री प्रदान गरिएको एसिया नेपालका प्रबन्धक सुनिल खनाल जानकारी दिए ।

नेपालले अस्पताललाई अक्सिजन सिलिण्डर अक्सिजन रेगुलेटर अक्सिजन कन्सन्टेटर आईसियु पिपिई सेट ,सर्जिकल माक्स ,फेस सिल्ड ,सर्जिकल क्याप्स,सेनिटाईजर लगायतका स्वास्थ सामाग्री प्रदान गरेको संस्थाका निर्देशक नवराज आचार्यले जानाए ।

कार्यक्रममा अस्पताल बिकास समिती का अध्यक्ष तथा छत्रदेव गाउँ पालिका वार्ड नं. २ का वार्ड अध्यक्ष राजेश कुमार पन्थीले यो माहामारीको समयमा स्वास्थ सामाग्रीहरु प्रदान गरेकोमा संस्थालाई धन्यवाद दिए । पन्थीले आगामी दिनहरुमा पनि संस्थाको सहयोगको अपेक्षा राखे ।

कार्यक्रममा प्रमुख अतिथि छत्रदेव गाउँ पालिकाका अध्यक्ष लेखनाथ पोख्रेल रहेका थिए भने बल्कोट प्राथमिक केन्द्रका निमिक्त प्रमुख बिष्णु खनाल छत्रदेव गाउँ पालिकाकि उप प्रमुख तुल्सा देवी श्रेष्ठ ल्यब इन्चार्ज होमनाथ बिक लगायतले मन्तब्य राख्दै संस्थाले गरेको सहयोग प्रति धन्यवाद तथा आभार प्रकट गर्दै यो सहयोगले माहामारी संग जुध्न थप हौशला संगै टेवा पुग्ने बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?