१९ बैशाख २०८१, बुधबार
१९ बैशाख २०८१, बुधबार

एमाले स्थायी कमिटी बैठक पुन: बस्दै : विधान महाधिवेशन प्रतिनिधि मापदण्ड निर्धारण गरिँदै

काठमाडौँ ।  विधान महाधिवेशनका लागि प्रतिनिधिको मापदण्ड निर्धारण गर्न नेकपा एमालेको स्थायी कमिटीको बैठक साढे ३ बजे पुन: बस्ने भएको छ । शनिबार बिहान तुल्सीलाल प्रतिष्ठान च्यासलमा बसेको स्थायी कमिटीको बैठकमा संगठन विभागले प्रतिनिधि छनोटको विषयमा प्रस्ताव प्रस्तुत गरेको थियो ।

केन्द्रीय कमिटी, केन्द्रीय विभाग, निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष कमिटी, पार्टीका जनसंगठन, संघ र प्रदेशका सांसद, स्थानीय तहका निर्वाचित प्रतिनिधिहरु गरेर करिब तीन हजार जति प्रतिनिधि रहने प्रस्ताव संगठन विभागले गरेको प्रचार विभागका प्रमुख योगेश भट्टराईले भने ।

‘आउँदो विधान अधिवेशनमा आयोजनाको विषयमा छलफल गरेका छौं । विधान अधिवेशनको प्रतिनिधिहरु को-को हुन् । विधान अधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधानको विषयमा छलफल गर्न बसेको हो,’ भट्टराईले भने, ‘विधान अधिवेशनमा भाग लिने प्रतिनिधिहरुको बारेमा अहिले छलफल भइरहेको छ । अहिलेको विधानले राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरु रहने व्यवस्था गरेको छ ।’

एमालेको नवौं राष्ट्रिय महाधिवेशन यता राष्ट्रिय प्रतिनिधि परिषद निर्वाचित भएको छैन । ‘त्यो निर्वाचित नभै पार्टी एकता गर्‍यौँ । पार्टी एकता टुट्यो प्रतिनिधि परिषद् बनेको थिएन । अहिले अन्तरिम व्यवस्था गरेर विधान महाधिवेशनको प्रतिनिधिहरु निश्चित गर्नु पर्ने भएकाले त्यस विषयमा छलफल गर्दैछ’ भट्टराईले भने ।

भट्टराईले पहिले प्रतिनिधि छनोटको विषयमा छलफलपछि अन्य विषयमा प्रवेश हुने बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?