गणेश गौतम स्मृति प्रतिष्ठानद्वारा अड्गुरीका पहिरो पिडित परिवारलाई नगद सहयोग

गणेश गौतम स्मृति प्रतिष्ठानद्वारा अड्गुरीका पहिरो पिडित परिवारलाई नगद सहयोग

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नं ७ निवासी पहिरो पिडित परिवारलाई गणेश गौतम स्मृति प्रतिष्ठानले सहयोग गरेको छ ।

पाणिनि ७ झन्द्रेक निवासी पहिरो पिडित जिवलाल सुनारको परिवारलाई प्रतिष्ठानले ३५ हजार नगद घरमै गएर हस्तान्तरण गरेको हो । गत भदौ १५ गते पहिरोले घर पुर्दा जिवलाल सुनारकी ९ वर्षिय छोरी झरना सुनारको ज्यान गएको थियो भने बस्तुभाउ तथा भौतिक सामान पुरिएको थियो ।

पिडितको घरमै पुगेर प्रतिष्ठानकी संरक्षक लक्ष्मी गौतम र सचिव कमल ज्ञवाली लगायतले चेक हस्तान्तरण गरेका हुन । नगद रकम बुझदै पहिरो पिडित जीबलाल सुनाररले आफ्नो बासनै पहिरोले लगेकाले अरुकोमा आश्रय लिएर बसेकाले केहि नगद सहयोग गरेकोमा गणेश गौतम स्मृति प्रतिष्ठानलाई धन्यबाद समेत दिएका थिए ।

सहयोग कार्यक्रममा पाणिनी गाउँपालिका खिदिमका वडा सदस्य प्रकाश भुसाल , नेपाल पत्रकार महासघंका पुर्व अध्यक्ष बिष्णु भुसाल , महासघंका जिल्ला अध्यक्ष अशोक खनाल ,सहसचिब हृदय भुसाल , कोषाध्यक्ष रुद्रमणि भुसाल , पत्रकार हरि भुसाल , माधब बेल्बासे , सागर परियार , सागर महंत स्थानिय लगायतको उपस्थित रहेको थियो ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published. Required fields are marked *