२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

अर्घाखाँचीमा काेराेनाका सक्रीय संक्रमितकाे संख्या १०० भन्दा कम

भिम बिसी
अर्घाखाँची । 
अर्घाखाँचीमा काेराेनाका  सक्रीय संक्रमितकाे संख्या १०० भन्दा कम भएकाे छ ।

जिल्ला प्रशासनका अनु्ुसार पछिल्लाे २४ घण्टामा सन्धिखर्क नगरपालिकाका १ जनामा संक्रमण भएकाे छ याे संगै कुल काेराेना संक्रमितकाे संख्या  ४ हजार एक सय ७३ पुगेकाे छ ।

यस्तै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४हजार २१ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ। अब सक्रिय कोरोना संक्रमितको संख्या ७१ रहेको छ । यस्तै शितगंगा नगरपालिकामा संक्रिय संक्रमित संख्या शुन्य रहेकाे छ ।

यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८१ रहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?