अर्घाखाँची । नेपाली कांग्रेसको आसन्न महाधिवेशनको मिति नजिकिएसँगै अर्घाखाँचीमा चहलपहल बढेको छ ।
नेपाली कांग्रेसका युवा नेता बिष्णु मुस्कानले पुनः आसन्न १४ औँ अधिवेशनमा कांग्रेसको अर्घाखाँची जिल्ला भापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । कांग्रेसको महाधिवेशन अन्तरगत वडादेखि गाउँ/नगरपालिका, जिल्ला हुँदै केन्द्रीय अधिवेशनको सारगर्मी बढिरहेका बेला युवा नेता मुस्कानले कांग्रेसको जिल्ला सभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन्।
सभापतिमा अन्य आकांक्षीहरु यादव प्रसाद घिमिरे, केशव श्रेष्ठ र इन्द्रमणि पौडेल पनि रहेका छन । हाल अर्घाखाँची जिल्ला सभापति समेत रहेका मुस्कानले गुटका कारण छरपष्ट बनेको कांग्रेसलाई एक बनाउँदै पार्टीलाई मजवुत बनाउने लक्ष्यका साथ सभापतिको उम्मेद्वारी दिने घोषणा गरेको बताए।
हाल कांग्रेसका जिल्ला सभापति रहेका मुस्कानले सामान्यतः माथिल्लो पदमा जानुपर्ने भए पनि पार्टीको फेदलाई बलियो बनाउने लक्ष्यका साथ नगर सभापतिमा उम्मेद्वारी दिने तयारी गरेको बताए । ‘अहिलेको हैसियत अनुसार मैले माथिल्लो पदमा दावी गर्नु पर्ने हो । तर, अझै पनि सभापतिमा उठ्ने निर्णय गरेको छु,’ मुस्कानले भने, ‘अब पार्टीको टुप्पोलाई राम्रो बनाउन खोजेर हुँदैन । फेद राम्रो बनाउनुपर्छ । म पार्टीको फेद दह्रो बनाउने भिजनका साथ अघि बढेको छु।’
जिल्लामा ४ जना सभापतिका आकांक्षी मैदानमा देखिएको अर्घाखाँचीमा कांग्रेस हाँक्ने जिम्मेवारीको बाजी कसले मार्ला भनेर यतिबेला चर्चा सुरु भएको छ । यसअघि पनि सभापतिमा रहेर पाटि र संगठनलाई बलियो बनाउन अहम भुमिका खेलेका मुस्कानलाई अझै एक कार्यकाल सभापतिमा निर्वाचित गरानु पर्ने जिल्लाबासी कांग्रेसहरुको बुझाइ छ । सकेसम्म सहमतिमा सभापति टुंग्याउन पहल गरिने मुस्कानको भनाइ छ ।
यस अघि २०७२ माघ २५ गते सोमवार कांग्रेस अर्घाखाँची जिल्ला कार्य समितीको १३ औं जिल्ला अधिवेशनबाट सभापतिमा विष्णुप्रसाद खनाल ‘मुस्कान’ निर्विरोध निर्वाचित भएका थिए । खनाल १२ औ जिल्ला अधिवेशनमा कमलप्रसाद भुसालसित ४ मत अन्तरले पराजित भएका थिए । भुसालले १३ औं जिल्ला अधिवेशनमा खनाललाई समर्थन गरेका थिए ।