२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

एमसिसि खारेजको माग गर्दै एमसिसिको सम्झौता कागज दहन

अर्घाखाँची । नेपाल कम्यूनिस्ट पार्टी अर्घाखाँचीले आज सन्धिखर्कमा राष्ट्रघाती एमसिसि सम्झौताको कागज जलाएर बिरोध गरेको छ ।

अमेरिकाले एमसिसि परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैँयामा राखिएका बुँदाहरु राष्ट्रघाती भएको र यो सम्झौता तुरुन्त खारेजिको माग गर्दै सम्झौता कागज जलाएर बिरोध गरेको सनपा र भुनपा नगर इन्चार्ज नविन खड्काले जानकारी दिए ।

बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै सनपा र भुनपा नगर इन्चार्ज नविन खड्काले एम सि सि सम्झैतामा भएका मुख्य १४ बटा राष्ट्रघाती बुँदाहरु पढेर सुनाउँदै अमेरिकी सेनाको गोली खानु भन्दा यहीँका हाम्रा सुरक्षाकर्मी दाजुभाईका बुट र गोली खान तयार भएको तर कुनै हालतमा एमसिसि पास हुन नदिने बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?