२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

एक हप्ता मनसुन कमजोर हुने, गर्मी बढ्ने

काठमाण्डाै । अबको एक हप्ता मनसुन कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले अझै एक हप्ता ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नभएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार स्थानीय वायुको प्रभावका कारण आज दिउँसोपछि भने काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना छ । देशका अरु ठाउँको मौसम भने सामान्य बद्ली भएर कतैकतै हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना भएको उनले बताए ।

केही दिन लगातार पानी वा झरी पर्ने सम्भावना तत्कालको लागि नदेखिए पनि कहिलेकाहीँ स्थानीय रुपमा मौसमी प्रणाली विकसित हुन सक्ने भएकाले पानी पर्न सक्छ । लगातार झरी नपर्ने भएकाले अबको केही दिन गर्मी बढ्ने महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा आज २८ देखि ३० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान छ । देशका अरु ठाउँमा पनि तुलनात्मक रुपमा तापक्रम बढ्ने महाशाखाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?