२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

श्रीलंकासँगको टी–ट्वान्टी श्रृंखलामा दक्षिण अफ्रिकाको क्लिन स्वीप

घरेलु टोली श्रीलंकासँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृंखला दक्षिण अफ्रीकाले क्लिन स्वीप गरेको छ । कोलम्बोमा गएराति भएको तेस्रो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १० विकेटले हराउँदै श्रृंखला ३–० ले क्लिन स्वीप गरेको हो ।

श्रीलंकाले दिएको १ सय २१ रनको लक्ष्य दक्षिण अफ्रिकाले १४ ओभर ४ बलमा विना विकेटको क्षतिमा भेट्टायो । दक्षिण अफ्रिकाका क्विनटन डी ककले ५९ र रिजा हेन्ड्रिक्सले ५६ रनको अर्धशतकीय पारी खेले । पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।

श्रीलंकाका कुशल परेराले सर्वाधिक ३९ रन जोडे । दक्षिण अफ्रिकाका कागिसो राबडा र फोर्टुनले २/२ विकेट लिए । पहिलो टी–ट्वान्टीमा दक्षिण अफ्रिका २८ रन र दोस्रो टी–ट्वान्टीमा ९ विकेटले विजयी भएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?