२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

‘सक्किगोनी’ हाइलाइट नेपालमा हेर्न नपाइने

दर्शकले चर्चित हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’को नयाँ श्रृंखला अब हाइलाइट नेपालको च्यानलबाट हेर्न नपाउने भएका छन् । निर्माण युनिट र हाइलाइट नेपाल बीचको सम्झौता बुधबारबाट सकिएपछि ‘सक्किगोनी’को नयाँ श्रृंखला हाइलाइट नेपालबाट प्रसारण नहुने भएको श्रृंखलाका निर्देशक तथा कलाकार कुमार कट्टेलले जानकारी दिए ।

हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको श्रृंखला टेलिभिजनपछि हाइलाइट नेपालको युट्युव च्यानलबाट समेत सार्वजनिक हुँदै आएको थियो । अब भने निर्माण युनिटको श्रृंखला उक्त युट्युव च्यानललाई नदिने भएको हो ।
हाइलाइटसँगको हाम्रो सम्झौता सकियो । त्यसैले दर्शकले अव हाम्रो श्रृंखला त्यो युट्युबमा हेर्न सक्नेछैनन्’ निर्देशक अर्जुन घिमिरेले भने ‘अहिलेलाई दर्शकका लागि जेपिटी क्रियसनबाट ल्याउने छौँ।’ जेपिटी क्रियसन निर्माण युनिटको आफ्नै च्यानल रहेको उनले सुनाए ।
पछिल्लो समय निर्माण भएका श्रृंखला मध्य हिट मानिएको ‘सक्किगोनी’मा टेलिशृंखलामा कुमार कट्टेल (जिग्री),रक्षा श्रेष्ठ ,अर्जुन घिमिरे (पाँडे),सागर लम्साल (बले),गोविन्द कोइराला (जइन्ते),हरि निरौला (कक्रोज),दिपक आचार्य,शंकर आचार्य लगायत कलाकारको देखिँदै आएका छन् ।

श्रृंखलाका निर्देशक तथा कलाकार मध्यका एक अर्जुन घिमिरे ‘पाँडे’भने आमाको उपचारमा सक्रिय रहेको कारण केही सातादेखि श्रृंखला अभिनय बाहिर रहँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?