अन्य कुरामा उत्कृष्ट तर बाहिरी आवरणमा ‘कुरूप’ श्रीमानमार्फत् जन्मिने सन्तान भयानक हुने डरले घानाकी एक महिलाले आफ्ना ‘निकै सुन्दर’ पूर्वप्रेमीमार्फत् तीन सन्तान जन्माएकी छिन् ।
उक्त पत्रमा उनले लेखे अनुसार राम्रा सन्तान जन्माउन र श्रीमानलाई पनि खुसी राख्न उनले आफ्ना निकै सुन्दर पूर्व प्रेमीलाई सम्पर्क गर्ने योजना बनाइन् । उनका पूर्व प्रेमी पनि विवाहित हुन् तर उनी अलि ‘छाडा’ प्रवृत्तिको भएकोले महिलालाई उनीसँग विवाहेत्तर सम्बन्ध स्थापित गर्नका लागि गाह्रो भएन ।
अनावश्यक झन्झट नहोस् भन्नका लागि उनले आफ्ना प्रेमीलाई आफूले गर्भनिरोधक औषधी सेवन गरेको बताउने गर्थिन् । त्यसपछि उनी आफ्ना श्रीमानसँग पनि सहवास गर्थिन् । यसो गरेर नै आफ्ना सुन्दर सन्तानका पिता को हुन् भनेर उनलाई मात्रै थाहा थियो ।
ती महिलाको योजनाले निकै राम्रोसँग काम गरिरहेको थियो । उनले तीन राम्रा सन्तान जन्माइसकेकी छिन् । हाल उनी चौथोपटक गर्भवती भएकी छिन् । तर हालै उनका श्रीमानले अमेरिकाको भिसा प्राप्त गरेपछि भने स्थिति थोरै असहज भएको छ । कुनै समयपछि आवेदनकर्ताको परिवारको डीएनए पनि परीक्षण गर्नुपर्ने उनले दाबी गर्दै यसमार्फत् यो घटनाको पर्दाफास हुने कुरामा उनी अत्यन्त चिन्तित भएको पत्रमा लेखेकी छिन् ।
ती महिलाले रेडियो शोकी प्रस्तोतालाई यस्तो स्थितिलाई कसरी राम्रोसँग सम्हाल्न सकिन्छ भनेर सल्लाह मागेकी छिन् ।