अर्घाखाँची । कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अधिवेशन सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
बुधवार सन्धिखर्कमा सम्पन्न अधिवेशनले सहायक प्रमुख जिल्ला अधिकारी खनालको नेतृत्वमा १५ सदस्यिय कार्यसमिती चयन गरेको हो । जसको उपाध्यक्षमा नारायण पोखरेल, महिला उपाध्यक्षमा सृजना भुसाल, सचिवमा गणेशराज पौडेल, सहसचिवमा निराजन शर्मा, कोषाध्यक्षमा हरिष्चन्द्र पाण्डे र सदस्यहरुमा राजन पाण्डे, राजिव पन्थी, रवि अर्याल, हरि डुम्रे, कमल आचार्य, उर्मिला केसी र धर्मेन्द्र गुप्ता निर्विरोध चयन भएका छन् । दुई जना आवश्यकताको आधारमा पछी मनोनित गरिने छ ।
यस अँघी कर्मचारी मिलन केन्द्रको अध्यक्ष विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिमबहादुर राना थिए । दुई वर्षमा अधिवेशन गर्नुपर्ने भएपनी कोरोना महामारीका कारण केही ढिलाई भएको र अधिवेशन गरेर आफुले नयाँ नेतृत्वलाई हस्तान्तरण गरेको जानकारी दिए ।
यस्तै आजै सम्मान कार्यक्रम पनी राखिएको थियो । कार्यक्रममा देशभरबाट उत्कृष्ठ बन्न सफल जिल्ला प्रशासन कार्यालय र प्रदेशबाट उत्कृष्ट बन्न सफल अर्घाखाँची अदालतलाइ सम्मान गरिएको सचिव गणेशराज पौडेलले जानकारी दिए ।