अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण

अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सन्धिखर्क नगरपालिकामा १ जना,शितगंगा नगरपालिकामा ५ जना,मालारानी गाउँपालिकामा १ जना गरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ६७ रहेको छ ।

सन्धिखर्क नगरपालिकामा २५ जना,भुमिकास्थान नगरपालिकामा १२ जना,शितगंगा नगरपालिकामा ५ जना,मालारानी गाउँपालिकामा २० जना,पाणिनी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा २ जना गरि जिल्लाभरमा ६७ जना सक्रिय कोरोना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८१ रहेको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

bhim bc

Leave a Reply

Your email address will not be published.