८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसको विरोध प्रदर्शन

एजेन्सी । अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसले विरोध प्रदर्शन गरेका छन् । तालिबानले घर खाली गर्न आदेश दिएपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

तालिबान नेतृत्वमा रहेको अफगानिस्तान सरकारका प्रान्तीय अधिकारीहरूले अफगानिस्तानको राष्ट्रिय सेनाले बसाएको बस्तीमा रहेका परिवारहरूलाई तीन दिनमा आफ्नो घर खाली गर्न भनेको हाे । कान्दाहारमा  यसको विरोधमा प्रदर्शन भएको हो ।

सरकारी जग्गामा नै भए पनि २० वर्षदेखि आफूहरु यही ठाउँमा बसेकाले घर खाली नगर्ने प्रदर्शनकारीले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी र पश्चिमी सैनिक गठबन्धन (नाटो) फौजले बहिर्गमन प्रक्रिया थालेसँगै तालिबान अगष्ट १५ मा काबुल प्रवेश गरेको थियो ।

काबुल तालिबानको हातमा परेपछि र पूर्व राष्ट्रपति असरफ घानी निर्वाचित सरकार ढलेको थियो । तालिबानको कब्जापछि अफगानिस्तानमा मानव अधिकारको भयावह अवस्था देखिएको टिप्पणीहरू हुँदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?