बेलायत, अमेरिका र अस्ट्रेलियाले परिस्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौताको घोषणा गरेका छन् ।
यो घोषणालाई विश्वमा चीनको बढ्दो प्रभावलाई रोक्ने अस्त्रका रुपमा विश्लेषण गरिएको छ । ओकस भनिने सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका पक्ष समेटिने बीबीसीले जनाएको छ ।
इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट ती तीन देश चिन्तित भएका छन् । चीनले यो सम्झौताको विरोध गरेको छ । चीनले बेलायत, अमेरिका र अस्ट्रेलियामा शीतयुद्धको मानसिकता रहेको आरोप लगाएको छ ।