१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्‍यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ। पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ सय ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। जसमध्ये पीसीआरबाट ११ सय ६५ जना र एन्टिजेन विधिबाट ३४६ जनामा संक्रमण पुष्टि भएको हो। १६ सय ६९ जना कोरोनामुक्त भएका छन्।

हाल कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ पुगेको छ।  संक्रमित ४०७ जनाको आइसीयू र १२८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घन्टामा ११ हजार ८९९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हालसम्म ५४ लाख ७३ हजार १५१ जनाले पूर्णखोप र  ६० लाख ५६ हजार १९४ जनाले पहिलो मात्रा लगाएका छन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?