१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना संक्रमण

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सन्धिखर्क नगरपालिकामा ४ जना र मालारानी गाउँपालिकामा १ जना गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार १ सय ९६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ६ जना कोरोना मुक्त भएर डिस्चार्ज भए संगै ४ हजार ४३ जना कोरोना संक्रमण मुक्त भएका छन । अब सक्रिय कोरोना संक्रमितको संख्या ६६ रहेको छ ।

सन्धिखर्क नगरपालिकामा २६ जना,भुमिकास्थान नगरपालिकामा ११,शितगंगा नगरपालिकामा ५ जना,मालारानी गाउँपालिकामा १९ जना,पाणिनी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा २ जना गरि ६६ जना सक्रिय कोरोना संक्रमित रहेका छन ।

यस्तै कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ८१ रहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?