१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

विश्वकप पछाडी टि-२० को कप्तानी छाड्ने कोहलीको घोषणा

एजेन्सी । भारतीय क्रिकेटर विराट कोहलीले टी-२० को कप्तानी छाड्ने भएका छन्। आउँदो अक्टोबरमा दुबईमा हुन लागेको टी-२० विश्वकपपछि टी-२० को कप्तानी छाड्ने उनले घोषणा गरेका हुन्।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत् एक विज्ञप्ति जारी गर्दै उनले कप्तानी छाड्ने बताएका हुन्। यसबारेमा उनले बिसिसिआईका सचिव र अध्यक्षसँग कुराकानी गरेको बताए। यसमा उनी ब्याट्सम्यानको रूपमा रहिरहने बताएका छन्। टेष्ट र ओडिआईको नेतृत्व पूर्ण रूपमा सम्हाल्न उनले टि-२० को कप्तानी छाड्न लागेको बताए।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?