१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

प्रतिबन्ध फुकुवापछि विप्लवले बोलाएको पहिलो केन्द्रीय बैठक जारी

काठमाडौं नेत्रवीक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक तनहुँको बन्दीपुरमा सुरु भएको छ । असोज ५ सम्म चल्ने केन्द्रीय कमिटी बैठकमा समसामयिक एजेण्डा, भावी रणनीतिका विषयमा छलफल हुनेछ ।

नेकपाका नेता प्रकाश शाहीका अनुसार आगामी कार्ययोजना, राजनीतिक एजेण्डा, रणनीतिलगायतका विषयमा छलफल हुनेछ । सरकारले प्रतिबन्ध फुकुवा गरेपछिको यो पहिलो केन्द्रीय कमिटी बैठक हो।

अहिले पनि विप्लव नेतृत्वको नेकपाका झण्डै एक सय ५० कार्यकर्ता जेलमा छन् । नेकपाले उनीहरुको फुकुवाको माग गर्दै आएको छ । विप्लव नेतृत्वको नेकपाले केन्द्रीय कमिटीको बैठकपछि पत्रकार सम्मेलन गरी बैठकको निर्णय सार्वजनिक गर्ने जनाएको छ ।

मुख्यतः एमसीसी, वैज्ञानिक समाजवादका लागि जनमत संग्रहलगायतका विषयमा बैठकमा छलफल हुनेछ । बैठकमा पार्टीका महासचिव विप्लवसहित केन्द्रीय स्तरका नेताहरुको सहभागिता रहेको छ । बैठकमा सहभागी केन्द्रीय नेताहरुले पत्रकारसँग सार्वजनिक अभिव्यक्ति दिन नपाउने गरी कडाइ गरिएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?