भिम बिसी,
अर्घाखाँची । देशकै प्रसिद्ध अर्घाखाँचीको सुपादेउराली मन्दिर आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत केहि महिनादेखि रोक लगाइएको सुपादेउराली मन्दिर दर्शन गर्न खुला गरिएको हो ।
बिहिवार प्रमुख जिल्ला अधिकारि बिष्णु पौडेल सहित जिल्लाको शुरक्षा निकाय सहित पुगेको टोलि र मन्दिर ब्याबस्थापन समितिको पदाधिकारी सदस्यहरु सहितको संयुक्त बैठकले हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले आजदेखि दर्शनका लागि खुला गर्ने निर्णय गरिएको सुपादेउराली मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा तथा प्रार्थना गर्न खुला गरिएको हो । कोभिडको जोखिम अझै पूर्णरूपमा अन्त्य भइनसकेकाले मन्दिर दर्शनका लागि आउने तीर्थयात्रीलाई सरकारले लागू गरेका स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नसमेत समितिले अनुरोध गरेको छ ।