अर्घाखाँची । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति अर्घाखाँचीले पहिलो पटक सन्धिखर्क नगरपालिकामा स्थानीय कार्य समिति गठन गरेको छ । जसकाे अध्यक्षमा अधिकृत छैठौं थान बहादुर महत्रा रहेका छन ।
जसको खुला उपाध्यक्षमा हरिबहादुर बोहोरा, समाबेसी उपाध्यक्ष बेल कुमारी परियार, सचिव धर्मराज भुसाल, कोषाध्यक्ष प्रकाश परियार रहेका छन भने सदस्यहरुमा सञ्जु केसी, गगन आचार्य, सीता बिसी, सरिता घिमिरे, चन्द्रमणि आचार्य, दिपक आचार्य, यमुना पन्थी र युवराज खनाल रहेका छन ।
त्यस्तै कार्य समितिलाई सल्लाह, सुझाव र मार्ग दर्शन गर्ने गरि नगरपालिकामा कार्यरत अधिकृत सातौं मञ्जु खनाल, अधिकृत छैठौं राजेन्द्र भट्टराई र सहायक स्तर पाँचौं मुक्तिराम खनाल रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
नेपाली काँग्रेसको पार्टी कार्यालय वि.पि. स्मृति भवनमा रहेको युनियनको सम्पर्क कार्यालयमा सम्पन्न कार्यक्रममा युनियनका अध्यक्ष शेषकान्त घिमिरे “ओशन” लगयतका पदाधिकारीका साथै आधिकारिक ट्रेड युनियनका अध्यक्ष झविन्द्र खनाल लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा सल्लाहकार मन्जु खनाल, केन्द्रीय सभा सदस्य रुकेन्द्र पालुङ्गे, उपाध्यक्ष माधव अर्याल, आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष झविन्द्र खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसै गरि अब छिट्टै बाँकी रहेका ५ वटा स्थानीय तहहरुमा पनि कार्य समिति गठन गरिने भएकाे छ । युनियनले जिल्ला सदरमुकाममा स्थित नगरपालिकाबाट आफ्नो स्थानीय कार्य समिति गठन गर्न सुरु गरेको छ ।