अर्घाखाँची । शितगंगा नगरपालिकाको सभापतिमा मोहन पन्थी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी मोति बेल्वासेलाई ३७ मतले पछी पार्दै पन्थी सभापतीमा निर्वाचित भएका छन् ।
कुल २५१ क्षेत्रिय प्रतिनिधीले मतदान गर्दा पन्थीले १४३ मत प्राप्त गरे भने बेल्वासेले १०६ मत ल्याए । यस्तै उपसभापतीमा बिष्णुराज बेल्वासेले १२९ तथा मानबहादुर सारुले १२१ मत प्राप्त गर्दै उपसभापतीमा विजयी भएका छन् । सचिवमा चन्द्रमणि बेल्वासेले १५१ तथा हेमनाथ भुसालले १४० मत ल्याएर विजयी भएका छन् ।
मत-परिणाम
सभापति:
मोति बहादुर बेल्वासे- १०६
मोहनप्रसाद पन्थि- १४३
उपसभापति:
नुनबहादुर विसि- ११३
मानबहादुर सारू- १२१
यदुप्रसाद पोख्रेल- ९४
विष्णुराज बेल्वासे- १२९
सचिव:
कमलप्रसाद ढकाल- ९२
चन्द्रमणि बेल्वासे- १५१
निर्मल कुमार बेल्वासे- ८८
हेमनाथ भुसाल- १४०
सहसचिव:
चन्द्रबहादुर रेश्मी- १४७
ठाकुर बन्जाडे- १३४
नारायण सुनार- ९२
सन्तोष बेल्वासे- ८३