१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

एमाले विधान महाधिवेशन : प्रतिनिधि गोदावरी पुगे, हल प्रवेश गर्ने क्रम सुरु

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन आजदेखि सुरू हुँदैछ । महाधिवेशनका लागि जिल्ला–जिल्लाबाट आएका प्रतिनिधिहरु ललितपुरको गोदावरी पुगेका छन् । कार्यक्रमस्थल सनराइज हलमा पुगेका प्रतिनिधिहरु हल प्रवेश गर्नेक्रम सुरू भएको छ । शीर्ष नेताहरु भने बाटोमै छन् ।

महाधिवेशनका कार्यक्रम सुरु हुन बाँकी नै भएपछि नेता कार्यकर्ताहरु भने सेल्फी र फोटो खिचालउन व्यस्त देखिएका छन् । हल प्रवेशमा सुरक्षा जाँच, मास्क, सेनिटाइरको प्रयोग र थर्मन गनबाट शरीरको तापमान लिने व्यवस्था गरिएको छ ।

महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारीसहित सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीका प्रतिनिधि, संघ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघ/संगठनहरूबाट चुनिएका प्रतिनिधि, पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्यहरू गरी ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

३ हजार क्षमताको हलमा ६ हजारभन्दा धेरै मान्छे अटाउने गरी व्यवस्थापन गरिएको छ । मुख्य हलमा ३ हजार, दायाँबायाँको खाली हलमा १/१ हजार, प्यासेजहरुका माथिल्लो खाली भागमा टेण्ट टाँगेर १ हजार अटाउने गरी हल तयार गरिएको छ ।

महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्ने कार्यक्रम छ ।

यसअघि यी तीनैवटा दस्ताबेज स्थायी कमिटी, केन्द्रीय कमिटी र पुनस् स्थायी कमिटीबाट अनुमोदन भइसकेका छन् । विधान महाधिवेशनमार्फत पार्टी संगठनलाई पुनस्संगठित गर्ने र कार्यकर्ताको मनोबल उठाउने एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?