१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

थप ८ सय ६७ जनामा कोरोना संक्रमण, ९ को मृत्यु

काठमाडौं । ८ हजार २१९ नमूना परीक्षणमा ८ सय ६७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ५ हजार ५९८ नमूनाको पीसीआर र २ हजार ६२१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ६५९ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको हो। मन्त्रालयका अनुसार बुधबार थप १ हजार १२३ जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ११२ जनाको भेन्टिलेटरमा र ३५० जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा १७६४२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?