१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

अर्घाखाँची : पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टी

अर्घाखाँची । अर्घाखाँचीमा शनिवार ४ जना कोरोना संक्रमित थपिएका छन् ।

सन्धिखर्क नगरपालिकामा २ जना र मालारानी गाउँपालिकामा २ जना गरी ४ जनामा संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार २ सय ९७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर कोरोना मुक्त हुनेकाे संख्या ० रहेकाे छ । हालसम्म कोरोना मुक्त हुनेको संख्या ४ हजार एकसय २० पुगेको छन ।

अब जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ९५ रहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए । यस्तै  कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८२ पुगेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?