१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

इथियोपियाले सात अधिकारीलाई निष्कासन गरेको विषयमा राष्ट्रसङ्घको ध्यानाकर्षण

एजेन्सी । द्वन्द्वग्रस्त टिग्रेइ क्षेत्रमा खटिएका आफ्ना सात अधिकारीलाई इथियोपियाले निष्कासन गरेको विषयमा संयुक्त राष्ट्रसङ्घले ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियामा गहिरिँदो मानवीय सङ्कट र भोकमरीबारे गम्भीर चिन्ता व्यक्त गरेका छन ।

अस्ति इथियोपियाले आन्तरिक मामिलामा दखल पुर्याएको आरोपसहित राष्ट्रसङ्घका सात जना अधिकारीलाई निष्कासन गरी द्वन्द्वग्रस्त टिग्रेइ क्षेत्रमा मानवीय सहयोग पुर्याउन प्रतिबन्ध लगाएको छ । तर महासचिव गुटेरेसले इथियोपियालाई यो निर्णय लिने अधिकार नभएको प्रष्ट पारेका छन । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार टिग्रेइ क्षेत्रमा ५२ लाख नागरिक मानवीय सहायताको पर्खाइमा छन् ।

टिग्रेइ क्षेत्रमा मानव अधिकार र आधारभूत मानवीय आवश्यकता परिपूर्तिमा पुग्ने असरले बालबालिकाहरू भोकमरीको सिकार हुनसक्ने देखिएको छ । महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्लाई इथियोपियाको पछिल्लो निर्णयले द्वन्द्व र मानवीय सङ्कट समाधानको विषय थप पेचिलो हुनसक्नेबारे जानकारी गराएका छन ।

यसबारे सुरक्षा परिषद्को आकस्मिक बैठकमा छलफल भए पनि कुनै निर्णय भइसकेको छैन । संयुक्त राष्ट्रसङ्घले मानवीय सहयोग नरोकिने र इथियोपिया सरकार संयुक्त राष्ट्रसङ्घ र यसका निकायसँग सहकार्य गर्न तयार हुने विश्वास लिएको छ ।

 

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?