२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

आईपीएलमा काेलकाताले हैदराबादलाई ६ विकेटले हरायाे

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा काेलकाता नाइट राइडर्स विजयी भएको छ । दुबईमा गएराति भएको खेलमा काेलकाताले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो ।

हैदराबादले दिएको १ सय १६ रनको लक्ष्य काेलकाताले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

काेलकाताको जितमा सुबमन गिलले ५७ रनको अर्धशतकीय पारी खेले भने नितिष रानाले २५ तथा दिनेश कार्तिकल १८ रन बनाए । हैदराबादका जासन होल्डरले २ तथा रसिद खान र सिद्धार्थ कुलले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

हैदराबादका केन विलियम्सनले २६, अब्दुल समादले २५, प्रियम गार्गले २१ रन र ज्यासन रोयले १० रन जोड्नु बाहेक अरुदले दोहोरो अङ्क जोड्न सकेनन् । काेलकाताका टिम साउथी, शिवम माभी र वरुण चक्रवर्तीले २/२ विकेट लिए भने शकिब अल हसनले एक विकेट लिए ।

जितसँगै१३ खेलमा १२ अङ्क जोडेर काेलकाता चौथो स्थानमा रहेको छ ।  १२ खेलमा २ खेल मात्र जितेर ४ अङ्क जोडेको हैदराबाद पुछारमा छ । हैदराबाद प्रतियोगिताबाट बाहिरिइसकेको छ । यसअघि आईपीएलमा हिजै भएको अर्को खेलमा पञ्जाब किङ्ग्सलाई ६ रनले हराउँदै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर आईपीएल क्रिकेटको क्वालिफायरमा पुगेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?