२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

‘चकलेटी स्याउ’ मा बले र प्रिज्मा-प्रेन्सीको अभिनय

रामेछापका  दिनेशराज पुरीको शब्दमा रहेको गीत ‘चकलेटी स्याउ’ सार्वजनिक भएको छ। समिर आचार्य र स्वस्तिका ढकालको स्वरमा रहेको चकलेटी स्याउ बोलको गीतको भिडियो सोमबार  सार्वजनिक भएको हो।

गीतमा अर्जुन पोखरेलको संगीत र मोहित मुनालको संगित संयोजन रहेको छ। भिडियोमा सागर लम्साल ‘बले’,प्रिज्मा र प्रेन्सी खतिवडालगायतले अभिनय गरेका छन्। राजीभ समरको कोरियोग्राफी रहेको भिडियोको निर्माता मनोज बस्नेतले गरेका हुन्।

पुरीले यस अगाडि चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘कसम कसम’ र ‘आँसुले बाटो बोल’, ‘धारै नखोली’ को गीतको शब्द संकलन गरेका थिए। आँसुले बाटो बोल’ गीतमा अञ्जु पन्तको स्वर र रमेशराज भट्टराईको संगीत रहेको छ। सुगम पोखरेलले स्वर दिएको ‘कसम कसम’ गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ।

गायक रोशन अधिकारी र गायिका समीक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलमा नायिकाद्वय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडियोमा देखिएका छन्।

पुरीले दर्शकको माया र साथले गीत लेखिरहने प्रेरणा मिलेको बताए। उनले भने, ‘दर्शक र स्रोताको मायाले नयाँ-नयाँ गीत सिर्जना गर्न उत्साह मिलेको छ।’

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?