१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

कपिलवस्तुमा झाडापखालाबाट दुई जनाको मृत्यु, ५२ जना अस्पताल भर्ना

बुटवल । कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका–८ का ४५ वर्षीय बब्लु केवट र वडा नम्बर ९ का चार वर्षीय बालक रहेको नगरपालिकाका मेयर रजतप्रताप शाहले बताए ।

झाडापखाला लागेका ५२ जनाको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको र गम्भीर अवस्थाका ७ जनालाई अन्यत्र रिफर गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए । दूषित पानीका कारण झाडापखाला फैलिएको पाण्डेले बताए । झाडा पखाला नियन्त्रणका लागि स्वास्थ्य कार्यालयबाट औषधि र जनशक्ति कृष्णनगर पठाइसकिएको र आफू पनि प्रभावित क्षेत्रमै रहेको पाण्डेले बताए ।

‘दूषित पानीकै कारण झाडापखाला फैलिएको हो, पानी कहाँ कसरी दूषित भयो भन्ने पत्ता लगाउँदैछौं,’ पाण्डेले भने । नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा राति १२ बजेदेखि झाडापखाला लाग्ने बिरामीको संख्या ह्वात्तै बढेको मेयर शाहले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?