१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

कोरोना अर्घाखाँची: संक्रमितको संख्या १०० नाघ्यो

अर्घाखाँची । अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या १ सय नाघेको छ । विस्तारै भिडभाड बढ्दै जाँदा संक्रमितको संख्या पनी विस्तारै उकालो लाग्न थालेको हो ।

पछिल्लो २४ घण्टामा १५ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १ सय नाघेको हो । कुल सक्रिय संक्रमितको संख्या १०३ रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । मंगलवार थप भएका १५ जनामध्ये सन्धिखर्क नगरपालिकाका ६ जना, पाणिनी गाउँपालीकाका ८ जना र मालारानी गाउँपालिकाका १ जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ३ सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ जना कोरोना मुक्त भएका छन् । यो संगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४ हजार १ सय ३२ पुगेको जिल्ला प्रशासान कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।

सन्धिखर्क नगरपालिकामा ४१ जना, भुमिकास्थान नगरपालिकामा ३ जना, शितगंगा नगरपालिकामा १ जना, मालारानी गाउँपालिकामा १० जना, पाणिनी गाउँपालिकामा ४४ जना र छत्रदेव गाउँपालिकामा ४ जना गरि १०३जना सक्रिय कोरोना संक्रमित रहेका छन् । यस्तै कोरोना संक्रमण बाट हालसम्म मृत्यु हुनेको संख्या ८२ रहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?