१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

फेसबुक–ह्वाट्सएप बन्द हुँदा कम्पनीलाई कति घाटा भयाे ?

फेसबुकका संस्थापक मार्क जुकरबर्गले सामाजिक सञ्जालमा आएको वाधाका लागि माफी मागेका छन् ।

फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा हिजो सोमवार झन्डै ६ घण्टाका लागि रोकिएको थियो जसका कारण विश्वभरका साढे ३ अर्बभन्दा धेरै मानिस प्रभावित भएका थिए ।

मार्क जुकरबर्गले आन्तरिक प्राविधिक समस्याका कारण चार वटै प्लेटफर्मको सेवा रोकिएपछि खेद व्यक्त गरेका छन् ।

सोमवार राति झन्डै साढे ९ बजे यी सेवा प्रभावित भएको थियो र आइतवार बिहान साढे ३ बजेतिर फेरि सुरु भएको थियो ।

केही घण्टाका लागि प्रयोगकर्ताहरूले आफूलाई सामाजिक सञ्जालको माध्यमविना नै पाए । यी माध्यमबाट मानिसहरू आफन्त, साथीभाइसँग सम्पर्क रहन्छन् ।

यसबीच आफ्नो ग्राहकसँग जोडिनका लागि सामाजिक सञ्जालको प्रयोग गर्ने साना व्यापारीले पनि नोक्सान बेहोर्नुपर्यो ।

यहाँसम्म कि मार्क जुकरबर्गले पनि नोक्सान बेहोर्नुपर्यो ।

बिजनेस वेबसाइट फर्च्युन्स ट्र्याकिङ सफ्टवेयरका अनुसार एक समय फेसबुकको शेयर तीव्र गतिमा ओरालो लाग्दा उनलाई ६ अर्ब अमेरिकी डलरको घाटा भयो ।

यस किसिमको अवरोधको जानकारी राख्ने वेबसाइट डाउनडिटेक्टरले फेसबुकलगायत सामाजिक सञ्जालमा अवरोध आउँदा केही घण्टामै विश्वभरका एक करोड ६ लाख उजुरी आएको थियो, यो अहिलेसम्मकै सबैभन्दा धेरै उजुरी हो ।

पछि फेसबुकले एक दोषपूर्ण कन्फिगरेशन परिवर्तनका कारण यो प्लेटफर्म अफलाइन भएको बताएको थियो । यसले वेबसाइट मात्र नभएर कम्पनीको आन्तरिक उपकरणलाई पनि प्रभावित गर्यो ।

यी उपकरणमा फेसबुकका आन्तरिक ईमेल र कर्मचारीहरूको ‘वर्क पास’ पनि समावेश छन् ।

केही रिपोर्टहरूका अनुसार यसबीचमा फेसबुकको मुख्य कार्यालयमा अशान्तको वातावरण बनेको थियो ।

समाजमा आफ्नो पहुँच र प्रभावलाई लिएर दबाब बनिरहेको समयमा कम्पनीको सामु यो समस्या आएको हो ।

फेसबुकका पूर्वकर्मचारी फ्रान्सेस हेगनले सीबीएस न्युजसँग भने, ‘कम्पनीले सुरक्षाभन्दा धेरै वृद्धिलाई प्राथमिकता दिएको छ ।’

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?