१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

सन्धिखर्कमा घरको छतबाट खसेर ९२ वर्षिय वृद्धको मृत्यु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची  । अर्घाखाँचीको सन्धिखर्कमा घरको छत बाट खसेर एक वृद्धको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर–१, शान्तिबगैंचाका ९२ वर्षिय खिमानन्द पौडेलको बुधवार बिहान आफ्नै घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

छत बाट खसेका पौडेलको घटनास्थलमै मृत्यु भएको र शव पोस्टमार्टमको लागि अर्घाखाँची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए । घटना बारे थप अनुसन्धान भईरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (3%)
  • दुःखी (84%)
  • अचम्मित (6%)
  • हाँस्यास्पद (4%)
  • आक्रोशित (2%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?